+
+

डाबर वाटिका स्याम्पु मिस नेपाल-२०२४ को टाइटल स्पोन्सर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:५४

काठमाडौं । डाबर वाटिका स्याम्पु मिस नेपाल-२०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसीप बनेको छ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल प्रतियोगिताको टाइटल स्पोन्सरसीपलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने कम्पनीको दाबी छ ।

पछिल्लो केही वर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उतकृष्ट नमुना बनेको छ ।

शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गरेको कम्पनीको भनाइ छ ।

सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा आफूहरू हर्षित बनेको डाबर नेपालका मार्केटिङ हेड अभयप्रसाद गोर्खालीले बताए । यो साझेदारी मार्फत देशभरिका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित भन्छन्, ‘मिस नेपाल-२०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं। हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?