+
+

न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैनः पूर्वप्रधानन्यायाधीश कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १२:०२

९ चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

कार्कीले न्यायालयमा संविधानमा व्यवस्था भएअनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । ‘पहिलेभन्दा न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि वातावरण सहज बनेको छ,’ उनले भनिन्, ‘तर संविधानअनुसार प्रतिनिधित्व अझै भएको छैन, राज्यले यसमा ध्यान दिन जरुरी छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन् । कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।

शुक्रबार सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?