+
+

महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित छन्ः मन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:२४

९ चैत, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिला न्यायाधीशले हेरेका मुद्दा विवादरहित रहेको बताएका हुन् ।

उनले भने, ‘महिला न्यायाधीशहरूले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर हुने गरेको अनुभवले देखाएको छ । यो हामी सबैको लागि गौरवको विषय हो ।’

मन्त्री गिरीले कानूनको अध्ययन गर्ने महिलाहरूको संख्या पनि उल्लेख्य रहेको बताए । उनले भने, ‘अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको छ ।’ मन्त्री गिरीले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको भन्दै खुशी व्यक्त गरे ।

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरू निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको पनि बताए ।

उनले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धतासमेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?