+
+

लोसपाले निष्काशित गरेपछि राजेन्द्र महतो : बेवकुफ कुरा हो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १६:००

९ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नयाँ अभियान थालेका नेता राजेन्द्र महतोले आफू उक्त दलबाट निष्काशित भएको घोषणाप्रति आश्चर्य प्रकट गरेका छन् । आफूले पार्टी नै छाडिसकेको अवस्थामा निष्काशन घोषणाको कुनै अर्थ नहुने उनको भनाइ छ ।

अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै जनकपुरमा बिहीबार आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका थिए ।

कैलालीबाट अनलाइनखबरसँग फोनमा बोल्दै महतोले ठाकुरको अभिव्यक्तिमा बेवकुफी देखिएको बताए । उनले लोसपाको निर्णयको कुनै सान्दर्भिकता नरहेको समेत दाबी गरे ।

‘म नयाँ अभियानमा लागिसकेँ । कहाँ लोसपाको लोसे चाला, कहाँ मेरो सबै नेपाली जोड्ने अभियान’ उनले भने, ‘मानिसहरुले सोचेभन्दा ठूलो जागरण ल्याउँछु ।’

विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् । उनले यसअघि कुरा गर्दै लोसपा  असान्दर्भिक शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने बताएका थिए । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?