+
+

राजेन्द्र महतोले छाडे लोसपा, घोषणा गरे नयाँ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:३६

१४ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?