+
+

लिबियामा भेटियो ६५ आप्रवासीको शव भएको सामूहिक चिहान

एजेन्सी एजेन्सी
२०८० चैत १० गते ८:०६

१० चैत, जेनेभा । यस साता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए ।

आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ ।

एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘तर मरुभूमिमा तस्करीका क्रममा उनीहरूको मृत्यु भएको विश्वास गरिन्छ ।’ सन् २०११ मा नाटो समर्थिक विद्रोहमा तानाशाह मोअमर गद्दाफीको अपदस्त र हत्यापछि एक दशकभन्दा बढी समयको हिंसात्मक अस्थिरताले लिबियालाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिवर्तन गर्न सहयोग गरेको छ । यसमा लामो समयदेखि आप्रवासीहरूविरुद्ध दुर्व्यवहारको आरोप लगाइएको छ ।

आइओएमले मृत्युको अनुसन्धान सुरु गरेकामा लिबियाका अधिकारीहरूको प्रशंसा गरेको बताएको छ । एजेन्सीले अधिकारीहरूसँग ‘मृत आप्रवासीहरूको अवशेषको सम्मानजनक पुनरप्राप्ति, पहिचान र हस्तान्तरण सुनिश्चित गर्न’ र उनीहरूको परिवारलाई सूचित गरी सहयोग गर्न आह्वान गरेको छ ।

‘हराएका आप्रवासी वा जीवनको क्षतिको प्रत्येक रिपोर्टले आफ्ना प्रियजनका बारेमा जवाफ खोज्ने वा क्षतिको त्रासदीलाई स्वीकार गर्दै शोकमा परेका परिवारलाई प्रतिनिधित्व गर्दछ’, प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘अपर्याप्त कारवाहीको मूल्य बढ्दो मानव मृत्यु र आप्रवासीहरूले आफूलाई चिन्तित बनाउने स्थितिमा पाउँछन् ।’

‘आप्रवासीहरूको तस्करी र मानव बेचबिखनविरुद्ध समन्वयात्मक प्रतिक्रियासहितको अनियमित आप्रवासनका चुनौतीहरूलाई सम्बोधन गर्न तत्काल आवश्यक भएको आप्रवासीहरूको मृत्युहरूले देखाएको छ’, आइओएमले भनेको छ, ‘कानूनी आप्रवासनको अवसर प्रदान गर्ने नियमित मार्गहरूबिना यस मार्गमा यस्ता त्रासदीहरू सामान्य भइरहन्छन् ।’

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार सन् २०२३ मा युरोपको भूमध्यसागरीय मार्गमा कम्तीमा तीन हजार एक सय २९ को मृत्यु र बेपत्ता भएकाहरू गएका थिए । यसले उक्त मार्ग विश्वको सबैभन्दा घातक आप्रवासी मार्ग बनेको देखाएको छ ।

आइओएमले मार्गमा रहेका देशका अधिकारीहरूसँग आप्रवासीहरूको अवस्थाको पर्वाह नगरी र उनीहरूको यात्राका सबै चरणमा सुरक्षा र संरक्षण सुनिश्चित गर्नका लागि क्षेत्रीय सहयोग बढाउन आह्वान गरेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?