+
+

दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १०:२८

१० चैत्र, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।

उनले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारेका थिए । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारे ।

तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । आर्मीका नरेन्द्र रावलले १ घण्टा ८ मिनेट ५१ सकेन्डमा पूरा गर्दै चौथो भए । खडक बहादुर खड्काले १ घण्टा ८ मिनेट ५६ सकेन्डमा पूरा गर्दै पाँचौं बने ।

महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै प्रथम बनिन् । नेपाल पुलिसकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् ।

तेस्रो बनेकी एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरिन् । त्यस्तै आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरेर चौथौ भइन् भने एपीएफकी फुलमती रानाले १ घण्टा २५ मिनेट १७ सकेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।

गतवर्ष पनि दीपक अधिकारी ले नै राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका थिए । सन्तोषीले गत वर्ष भने भाग लिएकी थिइनन् । पहिलो संस्करणमा प्रथम बनेकी थिइन् ।

हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्किएको थियो ।

१० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धातमा आर्मीले प्रथमदेखि पाँचौं सबै उपाधि जित्यो । मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने ।

पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे ।

ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रहे ।

ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले यस म्याराथन आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?