+
+

काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० चैत ११ गते १२:०७

११ चैत, काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायत स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न प्रहरी खटाएको छ ।

होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?