+
+

बजार घट्दा पनि ४ दिनदेखि १० प्रतिशत बढ्यो सर्वोत्तमको मूल्य

आईपीओ पर्नेले कमाए २२ हजार नाफा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १३:१६

१२ चैत, काठमाडौं । सेयर बजार घटिरहँदा पनि सर्वोत्तम सिमेन्टको मूल्य विगत ४ कारोबार दिनदेखि १० प्रतिशतका दरले बढेको छ । सोमबार पनि कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ ।

गत मंगलबारबाट कम्पनीको कारोबार सुरु भएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा सुरु भई सो दिन बन्द हुँदा मूल्य प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको थियो ।
बुधबार फेरि १० प्रतिशत बढ्दा मूल्य प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा पुग्यो । बिहीबार १० प्रतिशत बढेर ७३९ रुपैयाँ ९० पैसा पुगेकोमा सोमबार ८१३ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस दिन भने कम्पनीको कारोबार उल्लेख्य भएको छ । दिउँसो १ बजेसम्म कुल २० हजार १३७ कित्ता कारोबार भएको छ । कम्पनीको कुल १ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । समग्र बजार भने सर्वोत्तम सूचीकृत भएयता घटिरहेको छ । मंगलबार ६, बुधबार ३, बिहीबार १५ अंक घटेको बजार सोमबार १ बजेसम्म १९ अंक घटेको छ ।

सर्वोत्तमको आईपीओ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई खुलेको थियो । समग्रमा ५० कित्ता आईपीओ पर्नेले २२ हजार ६४५ रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि यो रकममा ब्रोकर कमिसन लगायत शुल्क तथा लाभकर काटिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?