+
+

भेटेरिनरी अस्पताल सर्लाहीका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १५:२१

१२ चैत, काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कृषि सेड निर्माणका क्रममा भएको कामभन्दा बढीको मूल्यांकन गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ९ का तत्कालीन वडाध्यक्ष राम ईश्वर ठाकुर लोहारलाई पनि प्रतिवादी बनाएको छ ।

त्यस्तै आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरूले कृषि सेड निर्माणका क्रममा फिल्डमाभन्दा बढी काम भएको विवरण पेस गरी ९ लाख ७७ हजार रुपैयाँ आम्रपाली सहकारीलाई गैरकानुनी लाभ पुर्‍याएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?