+
+

‘द रेड सुट्केस’ टिजर : छायांकन र ध्वनिको बेजोड संयोजनमा आप्रवासी कामदारको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १६:३५

काठमाडौं । संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेपछि ‘द रेड सुट्केस’ चैत ३० गते नेपाल प्रदर्शन तयारीमा छ । सोमबार फिल्मको अर्थपूर्ण टिजर सार्वजनिक भएको छ, जसले फिल्मको कथावस्तुबारे महत्वपूर्ण संकेत दिन्छ ।

छायांकन र ध्वनिको बेजोड संयोजन गरिएको छोटो टिजरमा एक पुरुष पात्रको यात्रालाई दर्शाइएको छ । त्यो पात्र रातो सुट्केस घिसार्दै सडकबाट रातको समयमा कुनै गन्तव्यतिर हिंडिरहेको देखिन्छ ।

ऊ कुनै एक घरमा पुग्छ र सुट्केस उघार्छ । सुट्केस खोल्दा केटाकेटी चिच्चाएको लगायतका कुनै कर्कश ध्वनि सुन्न सकिन्छ । जब त्यो सुट्केस उसले बन्द गर्छ, त्यसपछि त्यो आवाज पनि ठप्प हुन्छ । उक्त दृश्यले उक्त सुट्केसभित्र मानवीय चाहना र पीडाका धेरै भावहरु कैद भएको बुझ्न सकिन्छ ।

५२ सेकेण्ड लामो टिजर त्यो पात्र र सुट्केस वरपर घुम्छ । टिजरमा देखिएका पात्र प्रवीण खतिवडा हुन् जसको फिल्ममा शीर्षमध्येको एक भूमिका छ । यसबाहेक सौगात मल्ल, सृष्टि श्रेष्ठ र विपिन कार्की पनि महत्वपूर्ण चरित्र हुन् ।

फिडेल देवकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ । भेनिसमा यसले मेन्सन अवार्ड जितेको थियो । स्वीट्जरल्याण्डको जुरिचमा यो पनि यो छनोट भयो । भेनिसले यसले तीन मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्‍यो ।

अन्तर्राष्ट्रिय म्यागजिन द युनिभर्सलले भेनिस रिभ्यु गर्दै यो फिल्म उत्कृष्ट भएको बताएको थियो । गहिरो मानवीय कथाको माध्यमबाट यसले महत्वपूर्ण प्रभाव छाड्ने उल्लेख गर्दै म्यागजिनले यसलाई कलात्मक ऐनाको रुपमा विश्लेषण गरेको थियो ।

उक्त रिभ्युको हेडलाइन थियो– आप्रवासी नेपाली कामदारको आशा, सपना र निराशाको कथा ।

‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘गुराँस’जस्ता निकै रुचाइएका फिल्मको निर्माण कम्पनी आइसफलले यो फिल्मलाई थिएट्रिकल रिलिज गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?