+
+

जापानमा रहेका नेपालीले पनि मनाए होली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १८:४०

१२ चैत जापान । वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् ।

विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् ।

होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा केन, साइतामा केन, तोचुकी केन लगायतका स्थानबाट नेपालीहरु आएका थिए ।

होलीमा नेपाली गीतका साथ नृत्य प्रस्तुत गरिएको थियो । होलीमा सेल रोटी, गुन्द्रुकको अचार लगायतको नेपाली परिकारको स्टल राखिइएको थियो ।

जापानमा रहेको दोस्रो पुस्तालाई नेपाली चाडपर्वको बारेमा ज्ञानहोस् भन्ने उद्देश्यले होली कार्यक्रमको आयोजना गरेको संयोजक मोहन घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?