+
+

गुजरातका कप्तान गिललाई १९ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १३:०७

गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।

गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । मंगलबार राति भएको खेलमा भने चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?