+
+

‘बा र भगवान’ प्रश्न भन्दा माथि : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:५७

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरु दलका शीर्ष नेता प्रश्न भन्दा माथि भएपनि कांग्रेसमा त्यस्तो नभएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नाम नलिइकन उनीहरु प्रश्न भन्दा माथि रहेको उनले बताए ।

संवाद यात्रा पुनः सुरु गरेका महामन्त्री थापाले नवलपरासीमा विहीबार बोल्ने क्रममा कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने बताए । उनले भने, ‘नेकपा एमाले कस्तो पार्टी बन्यो, हेर्नुस् त पार्टीको अध्यक्षलाई कसैले पनि प्रश्न गर्ने नपाउने । पार्टीको अध्यक्ष बा मुनि मात्रै अरु हुने । बा प्रश्न भन्दा माथि ।’

रास्वपाका सभापति लामिछानेलाई संकेत गर्दै थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान् जस्तै रहेको बताए । थापाले भने,‘भगवनालाई चाहिं प्रश्न गर्न नपाउने । भगवानले ठगेपनि हुने । भगवानले लुटेपनि हुने । भगवान चाहिं प्रश्न भन्दा माथि ।’ कांग्रेसमा प्रश्न भन्दा बाहिर कोही नरहेकाले छलफल र बहस गर्न पाइने महामन्त्री थापाले बताए ।

पार्टीभित्र समस्याहरु रहेको उल्लेख गर्दै थापाले एउटा अधिवेशनदेखि अर्को अधिवेशनसम्म तुष राख्ने प्रवृत्ति उचित नरहेको बताए ।

पार्टीभित्र गुटको अन्त्य गर्न र पार्टी सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन महासमिति बैठकमा विभिन्न विकल्पको प्रस्ताव गरेको उनले सुनाए । ‘सभापतिलाई मात्रै चुन्ने कि चार वर्ष उसले आनन्दले काम गर्न दिने कि ?’, थापाले भने ।

पार्टीमा टिकट वितरण प्रणाली परिवर्तन गर्नुपर्ने महामन्त्री थापाले बताए । इलाम र बझाङको उपनिर्वाचनमा आएका नामहरुबाट उम्मेदवार छनोट गर्न कठिन रहेको थापाको भनाइ छ । कांग्रेसको विधान अनुसार एक महिलासहित तीन जनाको मात्र सिफारिस गर्न पाउने व्यवस्था छ ।

‘इलाम–२ मा सात जनाको नाम सिफारिस भएको छ । जो एउटालाई दिएपनि नपाउनेले अन्याय भयो भन्छ भन्छ’, चुनावअघि सर्भे गराएर मत बढी पाउनेलाई वा कसलाई उम्मेदवार बनाउने त्यहीका सदस्यलाई अधिकार दिएर उम्मेदवार छान्नुपर्ने विकल्प रहेको थापाले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?