+
+

फुटबल खेलाडी एञ्जिला तुम्बापोबारेको फिल्मको रिलिज मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १३:३१

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको छ । निर्देशक मिलन चाम्सले फिल्म आगामी माघ ११ गते रिलिज हुने जनाए ।

फिल्ममा दयाहाङ राई, एञ्जिला सुब्बा, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ र विष्णु मोक्तानको अभिनय छ ।

सुब्बाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा छायांकन गरिएको थियो । निर्देशक चाम्सले आफ्नो निर्देशन करिअरमा यो फिल्मले भिन्न छाप छाड्ने दाबी गरे ।

सुब्बाको बाल्यकालदेखि राष्ट्रिय खेल जीवनसम्मको कथा समेटिएको यो फिल्म बायोपिक भने होइन । उनको जीवनका महत्वपूर्ण घटनाक्रम समेटेर फिल्म तयार भएको हो ।

सफल खेलाडी बन्नुअघि एञ्जिलाले धेरै दुःख भोगेको र इच्छाशक्ति दर्शाएकाले यसले सबैजनालाई प्रेरणा दिने निर्देशक चाम्सको अपेक्षा छ । २०५३ सालमा पाँचथरको फाक्तेपमा जन्मिएकी एञ्जिलाले १३ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?