+
+

उत्तरपुस्तिका हराएको घटनाको छानबिन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १५:३९

१५ चैत, काठमाडौं । उत्तरपुस्तिका हराएको घटनाको छानबिन र दोषी माथि कारबाही माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

गत बैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ र ‘फाउण्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो ।

विश्वविद्यालयको चरम लापरबाहीले विद्यार्थी मर्कामा परेको र विश्वविद्यालयको विश्वासनियतामा प्रश्न विरोधमा उत्रिएका विद्यार्थीहरुले जनाएका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै उपकुलपतिको कार्यालय अघि संघका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठ र त्रिविका उपकुलपति केशरजंग बरालको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । उत्तरपुस्तिका हराएका विद्यार्थीका लागि २१ चैतमा पुन परीक्षा लिने त्रिविले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?