+
+

पहिलो गीत रेकर्ड गराएकी संगीतालाई समीक्षाको सल्लाह- सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १५:५५

काठमाडौं । टीकापुरकी संगीता चौधरी केही दिनयता सामाजिक संजालको टाइमलाइनमा छाएकी छन् । गतसाता काठमाडौं आइपुगेकी उनले आफ्नो आवाजमा गीत रेकर्ड पनि गराइन् ।

युट्युवर भोजराज थापाको पहलमा आइपुगेकी उनको जादुमयी आवाजले संजाल प्रयोगकर्ताको मन जितेको छ । आइतबार काठमाडौंको वानडीबी रेकर्डिङ स्टुडियोमा संगीताको एक गीत रेकर्ड भयो । गीतलाई चाँडै सार्वजनिक गर्ने तयारी छ ।

स्टुडियोमा संगीताको जम्काभेट अहिलेकी ब्यस्त गायिका समीक्षा अधिकारीसँग भयो । उमेरले समान १९ वर्षका यी दुई जनाले स्टुडियोमा गीत गाएर रमाइलो गरे । संगीताले समीक्षाका हिट गीत गाइदिएर समीक्षालाई सरप्राइज दिइन् ।

उनले सुरुमै समीक्षाको हिट गीत ‘नबोली नबोली…’ गाइदिएर मन्त्रमुग्ध तुल्याइन् । ‘हजुरको गीत हेरिरहेको थिएँ मैले, एकदमै राम्रो छ स्वर’ समीक्षाले भनिन्, ‘हजुरको आवाज कोइलीको जस्तो छ ।’

समीक्षाले जस्तै गायन करिअरमा अघि बढ्न कोसिस गर्ने प्रतिबद्धता संगीताले जनाइन् । समीक्षाले जिन्दगीमा उतारचढाव आउने र त्यसबाट नआत्तिन सल्लाह दिइन् ।

उनको सल्लाह थियो- जिन्दगीमा उतारचढाव धेरै आउँछ । सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । एकदमै मीठो स्वर छ हजुरको । सबै राम्रो हुन्छ जस्तो लाग्छ ।’ त्यसपछि समीक्षाले संगीतको लागि आफ्नो हिट गीत ‘फूलमाया यता आइज…’ गाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?