+
+

डिजे तेन्जिङले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:४३

१८ चैत, काठमाडौं । डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ आगामी वैशाखमा सगरमाथा चढ्ने भएका छन् ।

‘अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने र जलवायु परिवर्तनको असरबारे चेतना जगाउने हो,’ तेन्जिङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभियानमार्फत जनचेतना जगाउन तेन्जिङले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

मन्त्री तामाङले तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन भएको बताए । ‘म खुसी छु कि सरकारले मेरो अभियानको क्रममा आवश्यक सहयोग प्रदान गर्ने वाचा गरेको छ,’ तेन्जिङले भने ।

सोलुखुम्बुका बासिन्दा तेन्जिङले १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?