+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

डिजे तेन्जिङले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:४३

१८ चैत, काठमाडौं । डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ आगामी वैशाखमा सगरमाथा चढ्ने भएका छन् ।

‘अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने र जलवायु परिवर्तनको असरबारे चेतना जगाउने हो,’ तेन्जिङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभियानमार्फत जनचेतना जगाउन तेन्जिङले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

मन्त्री तामाङले तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन भएको बताए । ‘म खुसी छु कि सरकारले मेरो अभियानको क्रममा आवश्यक सहयोग प्रदान गर्ने वाचा गरेको छ,’ तेन्जिङले भने ।

सोलुखुम्बुका बासिन्दा तेन्जिङले १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?