+
+

उपनिर्वाचनका उम्मेदवारबारे छलफल गर्न देउवाले डाके शीर्ष नेता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १५:४७

१९ चैत, काठमाडौं । उपनिर्वाचनका उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि डाकेका छन् ।

उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोशीका सभापति उद्धव थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर सभापति देउवाले बुढानीलकण्ठ बोलाएका हुन् ।

देउवाले दिउँसो ३ बजे छलफलका लागि बोलाएको देउवा निकट एक नेताले जानकारी दिए । मंगलबार कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

इलाम–२ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई नाम सिफारिस भएको छ । बझाङ प्रदेश सभामा (१) मा १० जनाको नाम सिफारिस गरिएको छ ।

अभिषेकबहादुर सिंह, जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), नन्दकृष्ण जोशी, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल, ध्रुवराज उपाध्याय र अर्जुन स्याडा नाम सिफारिस गरिएको छ ।

१५ बैशाखमा इलाम–२ र बझाङ प्रदेश सभा (१) मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?