+
+

‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २२:००

काठमाडौं । निर्माण हुन लागेको नयाँ फिल्म ‘ज्वाइँ साब्’को शीर्ष भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।

रेडआई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि नेपाललाई फिल्मको मुख्य भूमिकामा लिइएको जनाइएको छ ।

हाँस्य कलाकारको रुपमा चर्चित जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माता पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । फिल्मलाई लिएर आफू उत्साहित रहेको जितुले बताए ।

फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् ।सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

फिल्मको प्रदर्शन मिति समेत तय छ । आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?