+
+

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त छैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:१८

२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रियामा उनले राजनीतिकर्मीको आचरण सही नभएकाले प्रत्यक्ष निवौचित प्रणालीबाट राम्रो मान्छे छनोट नहुने बताएका हुन् ।

‘प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ । …यस्तै खालका मान्छेहरु राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्’, उनले भने ।

उनले नेपालमा अघि बढ्न संविधान बाधक नभई सहयोगी नै भएको बताए । ‘अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ’, नेता नेपालले भने ।

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?