+
+
Shares
संविधान संशोधनमा सुझाव :

श्रम संस्कृति पार्टी : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्यको पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ।
  • पार्टी अध्यक्ष हर्क साम्पाङले कार्यकारी राष्ट्रपतिले मन्त्रिपरिषद समावेशी आधारमा गठन गर्नुपर्ने ९ बुँदे सुझाव सार्वजनिक गर्नुभएको छ।
  • कार्यकारी प्रमुख निरंकुश भए महाअभियोग लगाएर पदमुक्त गर्ने र सबै जातजातिका नागरिकलाई राज्यका सबै अंगमा सहभागी गराउने व्यवस्था मिलाउन सुझाव दिइएको छ।

१० वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ ।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझाव दिएको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरु छन् ।

जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति, कार्यकारी राष्ट्रपतिले नै पायकका व्यक्तिलाई चुनेन मन्त्रिपरिषद गठन गर्ने र मन्त्रिपरिषद चुन्दा समावेशीका आधारमा गर्नंुपर्ने श्रम संस्कृति पार्टीको धारणा छ ।

व्यवस्थापिकातर्फ पाँच बुँदे सुझाव

यसैगरी कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने उसको धारणा छ ।

यसै गरी सबै जातजातिका नागरिकहरुलाई राज्यका सबै अंगहरुमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्रमा सहभागी गराउने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?