+
+

फूलका बिरुवा रोपेर आकासे पुलका भित्ता सजाउँदै महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १३:०३

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा भित्ते बगैंचा बनाउन सुरु गरेको छ ।

महानगरले बुधबार रत्नपार्कको आकासे पुलको भित्ते बगैंचामा २०० वटा फूल र लहरे बोटका बिरुवा रोपेको हो ।

पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्कको आकासे पुलको दुई वटा भित्ता उपयोग गरेर भित्ते बगैंचाको परीक्षण थालेको हो ।

आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे सहितको टोलीले फूल तथा बिरुवा रोपेका हुन् ।

आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल रोपिएका छन् ।

बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेंलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतया यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ ।

यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने बिरुवामा होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा छन् । यी बिरुवा लहरिंदै बढ्दै जाने थापाले बताए ।

यी आकासे पुलका भित्ताहरू साढे ३२ मिटर लामा छन् भने उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् ।

लहराउने विरुवालाई गमलामा झुन्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको महानगरले जनाएको छ ।

आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?