+
+

मूल्यवृद्धि दर खुम्चियो,  फागुनमा ४.८२ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:११

२२ चैत, काठमाडौं । फागुन महिनामा उपभोक्ता मूल्यवृद्धि दर ४.८२ प्रतिशतमा खुम्चिएको छ । अघिल्लो वर्षको फागुन महिनामा ७.४४ प्रतिशत रहेको मूल्यवृद्धि एक वर्षको अन्तरालमै २.६२ प्रतिशत विन्दुले खुम्चिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको वित्तीय विवरणले मूल्यवृद्धि खुम्चिएको देखाएको हो।

फागुन खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत छ ।

त्यस्तै दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?