+
+

होटल व्यवसायीले निकाले ‘फेस्टिभल क्यालेन्डर’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १३:५९

२२ चैत, काठमाडौं । सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रा समेटेर तयार गरिएको ‘फेस्टिभल क्यालेन्डर’ सार्वजनिक गरिएको छ ।

२०८१ सालको वार्षिक क्यालेन्डर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौंमा विमोचन गरे ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राबारे सोधपुछ हुने गरेकाले उक्त क्यालेन्डर प्रकाशित गरिएको जानकारी दिए ।

शाहले उक्त क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टुर अपरेटर साथै गैरआवासीय नेपाली संगठन (एनआरएनए) तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत पनि वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकको नेपाली मौलिक चाडपर्व, जात्राप्रति बढ्दै गएको आकर्षण सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

मन्त्री तामाङले यस चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचार प्रसार भई विदेशी पर्यटकको आकर्षण बढ्ने हुँदा यो एउटा पर्यटन प्रवर्द्धनको राम्रो माध्यम भएको बताए ।

मुलुकको पर्यटन प्रवर्द्धनमा अग्रसर भई निजी क्षेत्रसँगको समन्वयमा काम गरिने उनले बताए । उनले होटल क्षेत्रको अझ विकास र विस्तारका लागि उद्योगमा वर्गीकरण गरी उद्योगले पाउनुपर्ने सेवा सुविधा दिलाउने विश्वास दिलाए ।

कार्यक्रममा मन्त्री तामाङले आतिथ्यता सम्बन्धी ‘क्लाउडबेस ई–लर्निङ’ तालिम कोर्स पनि ‘अपलोड’ गरी शुभारम्भ गरेका छन् । यस कोर्सबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?