+
+

ललितपुरको मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १०:३५

२४ चैत, काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?