+
+

इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ३ जनाको मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १२:२२

२४ चैत, इलाम । प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ ।
जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् ।

तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस (विपी) बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए । उनले ५४ मत प्राप्त गरेका थिए ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

एमालेले भने साढे एक बजे  र नेपाली कांग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?