+
+

‘डिग्री माइला’ ४० अमेरिकी हलमा दैनिक शोसहित प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते ११:०१

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ नेपालसँगै अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माताले विज्ञप्ति जारी गर्दै यो फिल्म अमेरिकी डायस्पोरामा समेत प्रदर्शनमा आउन लागेको जनाएका छन् ।

अप्रिल ११ देखि अमेरिकामा फिल्मको प्रदर्शन सुरु हुने जनाइएको छ । नेपालमा भने त्यसको केही घण्टापछि रिलिज हुनेछ । यसको अर्थ, नेपालीभन्दा अमेरिकी दर्शकले ‘डिग्री माइला’लाई चाँडो हेर्न पाउनेछन् ।

लस-एन्जलस, डलास, ओहायो, पेन्सिलभेनिया र न्यूयोर्कमा हुने प्रिमियरमा अभिनेता बुद्धि तामाङ सहभागि हुनेछन् । लेकवुडको स्टारलाइट सिनेमा घरमा पहिलो प्रिमियर आयोजना गरिएको छ । अप्रिल १२ मा दश सहरमा फिल्म प्रदर्शन हुनेछ ।

अप्रिल १९ देखि थप २० हलमा फिल्म रिलिज हुने निर्माता कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । मे महिनाको पहिलो सातासम्म अमेरिकाभर फिल्म प्रदर्शन हुने जनाइएको छ । प्रदर्शन तालिकाअनुसार झण्डै एक महिनासम्म फिल्म चल्नेछ ।

रिलिजको साताअघि नै डलास, लस-एन्जलस, सन-फ्रान्सिस्को, शिकागो र बोस्टनमा अग्रिम टिकट बिक्री सुरु भएको जनाइएको छ । डलासमा २८ पर्दा र लस–एन्जलसमा पहिलो साता २२ पर्दामा फिल्म प्रदर्शन हुने विज्ञप्तिमा उल्लेख छ ।

अप्रिल र मे महिनामा पहिलो साता ७ सय भन्दा बढी शो आयोजना हुने उल्लेख छ । चार साताभर अमेरिकामा ४० हजारदेखि ६० हजार नेपालीले फिल्म हेर्ने अपेक्षा गरिएको निर्माताको भनाई छ । यो फिल्म अमेरिकाका ४० भन्दा बढी थिएटरमा दैनिक शोसहित प्रदर्शन हुने उल्लेख छ । नेपालमा भने यो फिल्म चैत ३० गते (अप्रिल १२)मा प्रदर्शन हुनेछ ।

शैक्षिक बेरोजगारीको कथा पेश गर्ने यो फिल्मलाई ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?