+
+

२८ चैतसम्म सबै जिल्लामा किताब पुग्छ : जनक शिक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १५:५२

२५ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने बताएको छ ।

नयाँ शैक्षिक सत्रको लागि ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको केन्द्रले जनाएको छ । २ वटा जिल्लाका लागि आइतबार (आज) वितरण भइरहेको र बाँकी जिल्लाहरूमा सोमबारदेखि वितरण सुरू हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज दाङ र कञ्चनपुरका लागि पुस्तक वितरण भइरहेको छ ।

बाँके, बर्दिया, कैलाली र सोलुखुम्बु जिल्लाको लागि वितरण हुन बाँकी छ । बर्दियाको सोमबार र मंगलबार, कैलालीको मंगलबार र बुधबार वितरण हुने केन्द्रको भनाइ छ । सोलखुम्बुको मंगलबार र बाँकेको लागि बुधबार वितरण हुने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ‘२८ गतेसम्म ७७ जिल्लामा किताब पुग्छ ।’ केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?