+
+

टिभीमा राजेश हमालको व्यस्तता बढ्दो, एनटीभीमा ‘सफलताको कथा’ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १६:२४
फाइल तस्वीर

काठमाडौं । २०८१ साल अभिनेता राजेश हमालका लागि व्यस्तताको वर्ष हुने देखिन्छ । नयाँ वर्षमा उनले दुईवटा टिभी कार्यक्रम होस्ट गर्नेछन् । हिमालय टिभीमा ‘यो नेपाली शिर उचाली’ कार्यक्रम प्रस्तुत गर्ने उनको तयारी छ । केही दिनअघि यो शोको टिजर समेत सार्वजनिक भइसकेको छ ।

हमालको टेलिभिजन व्यस्ततालाई पुष्टि गर्नेगरी वैशाख १ गतेदेखि उनले होस्ट गर्ने अर्को टेलिभिजन कार्यक्रम पनि प्रसारणमा आउने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हमालको नयाँ टिभी शो ‘सफलताको कथा’ प्रसारण हुन लागेको जानकारी दिइयो ।

समृद्धि इन्टरटेनमेन्टले निर्माण गरेको शो नयाँ वर्षको पहिलो दिनदेखि नेपाल टेलिभिजनमा बेलुका ७ बजे प्रसारण हुने जनाइएको छ । कार्यक्रम १९ भागसम्म तयार गरिएको र १०० भागसम्मको निर्माण लक्ष्य रहेको निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए ।

कार्यक्रमको १८ भाग अमेरिकामा रहेका नेपाली र बाँकी १९ भाग क्यानडामा रहेका नेपालीको सफलता र संघर्षलाई लिएर तयार पारिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले भने, ‘विदेशमा धेरै चुनौती सहेर संघर्षको बाबजुद पनि सफलता हासिल गर्नुभएको छ । अमेरिकी समाजमा अब्बल हुनुभएको छ । कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’

विदेशको भोगाइलाई समेटिने यो कार्यक्रम धेरै दर्शकका लागि प्रेरणादायी हुने उनले बताए । ‘कथा बाहिर ल्याउनुपर्छ, त्यो सबैको लागि प्रेरणादायी हुन्छ । पहिलो जेनेरेसन जो विदेशमा पुग्नुभएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रमको निर्माण गरिएको हो,’ उनले भने ।

अभिनेता मदनकृष्ण श्रेष्ठले विदेश घुम्ने क्रममा आफूले संघर्षको बाबजुद सफल हुने नेपाली भेटेको बताए । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धीरज कँडेल र कलाकार जितु नेपाल पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?