+
+

इलाम र बझाङको चुनावमा एआईको चुनौतीबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १६:२४

२५ चैत, काठमाडौं । आगामी १५ वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचन बारेको छलफलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चुनौतबारे छलफल भएको छ । आइतबार बिहान निर्वाचन आयोगमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र प्रमुख निर्वान आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको थियो ।

सो क्रममा एआईले दिने चुनौतीका बारेमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गरिएको गरिएको थियो । तयसैगरी विदेशमा रहेकालाई मताधिकार दिनु भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसकिएको प्रति पनि छलफल भएको थियो ।

उम्मेदवारको प्राइमरी इलेक्सन, अर्लि भोटिङ, मौन अवधिमा हुने अधिक चलेखेल र त्यसलाई मध्यनजर गर्दै कसरी सुरक्षित तवरले चुनाव गराउन सकिन्छ भन्नेबारे छलफल गरिएको गृह मन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन विधेयकतर्फ एउटा निर्वाचनमा पराजित एकालेले सोही कार्यकालमा अर्कोमा भाग लिन नपाउने, स्थानीय तहका लागि दुईवटा मतपत्र र वडास्तरको गणना मतदान केन्द्रमै गर्ने, अग्रीम मतदानको प्रबन्ध, एउटा दल नत्यागी अर्को दलबाट उम्मेदवार हुन नपाउने, विदेशमा रहेकाको नामावली दर्ता, निर्वाचनका दिन सार्वजनिक यातायातको सञ्चालनजस्ता विषय समेटिएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?