+
+

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते २०:५६

२५ चैत, कास्की। पोखराको फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

आइतबार साँझ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण ढुंगा दुर्घटनामा परेका थिए ।

उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेस्क्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?