+
+

यूएसवाईसीका सदस्यलाई सिकाइ र नेतृत्व विकासबारे अभिमुखीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ७:५०

काठमाडौं । ‘अमेरिकी दूतावास युवा परिषद् २०२४ (यूएसवाईसी)का सदस्यका लागि आयोजित चार दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिकाई र नेतृत्व विकास कार्यक्रमको अन्तिम दिन आइतबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकासको बारेमा सदस्यसँग छलफल गरे । नागरिकले सामना गरेका धेरै चुनौतिलाई सम्बोधन गर्न नीति निर्माणमा युवाले खेल्न सक्ने भूमिकामा उनले जोड दिए ।

त्यसअघि ‘कला, सक्रियता र सामाजिक मुद्दाहरुको संयोजन’बारे सांसद सोविता गौतम, गायक प्रकाश सपुत र फोटो पत्रकार स्कन्द गौतमले विमर्श गरे । यो सत्रलाई अमेरिकी दूतावासकी राजनीति विज्ञ रोजी कट्टेलले सहजीकरण गरेकी थिइन् ।

सहभागिले गलत र भ्रामक सूचनाविरुद्ध लड्न तथ्यजाँच गर्ने उपकरण कसरी प्रयोग गर्ने, स्थानीय र विश्वव्यापी सामाजिक मुद्दालाई कला र बिभिन्न अभियानसँग संयोजन गरेर कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषय बारे जान्ने मौका पाए ।

कसरी सकारात्मक व्यक्तिगत छवि निर्माण गर्ने र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर समावेशी आर्थिक वृद्धि र दिगो विकास कसरी हासिल गर्ने अन्य सत्रमा समेत उनीहरुले भाग लिए । सहभागीले प्रश्नोत्तरमार्फत व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नु गरे । यी सीपले आफ्नो व्यावसायिक र व्यक्तिगत विकासमा कसरी मद्दत गर्नेछ भनेर झल्काउने प्रयास पनि गरे ।

दोस्रो दिनको सत्रमा सहभागिले स्थानीय समुदायलाई सहयोग गर्ने प्रयासका साथै आर्थिक वृद्धिलाई बढावा दिने अमेरिकी सरकारका प्रयास बुझ्ने प्रयास पनि गरे । अर्को सत्रमा नेपालमा अल्पसंख्यक लैंगिक समुदायका चुनौती र प्रगतिको बारेमा कुराकानी र प्रभावकारी कथा भन्नका लागि सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

यी सत्रले सदस्यहरूलाई उनीहरुको स्थानीय समुदायका चुनौतीबारे जान्न, समस्याका समाधान गर्ने सीपहरू सुधार्न, र व्यावसायिक विकासमा सहायता गर्न सीप विकास गर्न मद्दत गर्ने विश्वास आफूले लिएको दूतावासले जनाएको छ ।

सदस्यहरुले अमेरिकी सार्वजनिक कूटनीति कार्यक्रम, थप लोकतान्त्रिक, समृद्ध र समावेशी नेपाल निर्माणमा खेल्न सक्ने भूमिकाबारे पनि सिके ।

चैत २२ गते कमलादीको स्काइवाकमा आयोजित समारोहमा यसवर्षका परिषद् सदस्यलाई स्वागत गर्दै उपसभामुख इन्दिरा राना मगर र राजदूत डीआर थम्पसनले युवाको हौसला बढाउन प्रयास गरेका थिए ।

यसवर्षको परिषद्मा नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, जातिय र लैंगिक विविधताको प्रतिनिधित्व गर्ने ३५ विभिन्न जिल्ला, सात प्रदेशका ५५ सदस्य सामेल छन् । आफ्नो समुदायलाई फाइदा हुने परियोजनामा उनीहरुले दूतावाससँग मिलेर काम गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?