+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

१७ विधामा नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:१४

काठमाडौं । १७ विधामा ‘नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ । काठमाडौंमा आयोजित अवार्ड समारोहमा नेपाली संगीतकर्मीलाई ती विधामा पुरस्कृत गरियो ।

‘चन्द्रसूर्य‘ गीतबाट हरिगोपाल प्रधानले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावना अवार्ड’, सूर्यबहादुर मगरले ‘सर्वोत्कृष्ट म्युजिक प्रोड्युसर अवार्ड’, ‘दशैं तिहार आउँदा’ गीतबाट गायिका सविना बुढा मगरले ‘सर्वोत्कृष्ट चाडपर्व गीत अवार्ड’, ‘धासी पूर्वेली तेर्से भाका’तर्फ धनबहादुर दमाईले ‘सर्वोत्कृष्ट अवार्ड’ पाए ।

जानकी थापाले ‘सर्वोत्कृष्ट कस्टम डिजाइनर अवार्ड’, लोक विधातर्फ ‘झरी’ गीतमार्फत नेत्र भण्डारीले ‘सर्वोत्कृष्ट गायक अवार्ड’, ‘खुकुरी रम’ गीतबाट लक्ष्मी रेग्मीले ‘सर्वोत्कृष्ट गायिका अवार्ड’, ‘ओइ साइँली’का लागि रोमबहादुर श्रेष्ठले ‘सर्वोत्कृष्ट नवगायक अवार्ड’ र ‘भोक’का लागि स्पेश लामिछानेले ‘सर्वोत्कृष्ट नवमोडल अवार्ड’ जिते ।

महिला गायिकार्फत ‘चरी बाँसैमा’को लागि कमला पोखरेलले ‘पब्लिक च्वाइस’ र लोकगीतबाट पुरुषतर्फको ‘पब्लिक च्वाइस अवार्ड’ दीपसागर थापाले पोल्टामा पारे ।

पप विधातर्फ कल्याण सिंहले ‘सर्वोत्कृष्ट संगीत अवार्ड’, ध्रसव खनालले ‘शैलुङ’ आधुनिक गीतमार्फत पुरुष मोडल विधाको ‘जुरी अवार्ड’, निरज कुमारले ‘थाहा छैन’का लागि ‘सर्वोत्कृष्ट म्युजिक अवार्ड’, स्मारिका ढकालले ‘धोकेबाज २’ का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’ हात पारिन् ।

लाइभ दोहोरी विधातर्फ प्रकाश दूतराजले ‘माली गाईलाई’का लागि ‘सर्वोत्कृष्ट गायक अवार्ड’, जगतबहादुर घर्तीले ‘तमान खोला लाइभ दोहोरी गायक अवार्ड’, योगेश पानले ‘खुचिङ खुचिङ’ बा लागि ‘पप गायक अवार्ड’ र शक्ति चन्दले भेरी तथा कर्णाली लोक गीततर्फ ‘सर्वोत्कृष्ट शब्द अवार्ड’ सुरक्षित गरे ।

शिवम् पोखरेलले ‘क्यारी हासम खै’का लागि ‘सर्वोत्कृष्ट मोडल पुरुष’, कुशुम शर्माले ‘सकम्बरी’का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’, बसन्तराज गौतमले ‘हुँदैनकी हाम्रो भेट’ लोकगीततर्फ ‘सर्वोत्कृष्ट जुरी अवार्ड’, गणेश कुँवरले ‘बादल पारी’ पप विधाको जुरी अवार्ड चुमे ।

पदम राईले ‘सरकारी अड्डा’ गीतबाट ‘सर्वोत्कृष्ट पुरुष गायक’, आनन्द सिंहले ‘तिमीबिना’ गीतबाट ‘पब्लिक च्वाईस अवार्ड’, सुवास श्रेष्ठले ‘मोटर साइकल’बाट ‘पब्लिक च्वाईस अवार्ड’, मिलन मोक्तानले ‘अनायासै आँधी चल्यो’बाट ‘सर्वोत्कृष्ट शब्द संकलक अवार्ड’, निरोज कुमारले ‘झरनाको चिसो पानी’बाट ‘जुरी अवार्ड’, युवराज छन्त्यालले ‘गाँउको माया’ गीतबाट ‘पब्लिक च्वाइस अवार्ड’, ध्रुव खनालले ‘मनैमा बस्ने’ गीतबाट ‘पब्लिक च्वाइस’ अवार्ड पाए ।

पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम आयोजना भएको थियो । संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले कम्पनी र संस्थाले अवार्डका कार्यक्रम गर्न कठिन र खर्चिलो हुने भएकाले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा राज्यले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?