+
+
Shares

नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १९:३७

२७ चैत्र, भक्तपुर । राष्ट्रिय युवा परिषद्‌द्वारा सञ्चालित चार दिवसीय नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास, २०२४ सुरू भएको छ । मंगलबार उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समारोहको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्र संघको अभ्यासले नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । श्रेष्ठले भने- ‘यस अभ्यासले आगामी दिनमा सबल र सफल कूटनीतिज्ञ जन्माउने विश्वास लिएको छु ।’

मन्त्री श्रेष्ठले युवाहरूलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगारको दिशामा अघि बढाउन सरकार प्रयत्नशील रहेको बताए । उनले भने ‘हाम्रो संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरेको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि सरकार मिहिनेतपूर्वक लागिरहेको छ ।’

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई राष्ट्र संघीय अभ्यास, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय कूटनीतिक आयाम, अन्तर्राष्ट्रिय सवाल, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीकी आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले युवाहरूले राष्ट्र संघीय अभ्यास बुझ्नु अत्यन्तै आवश्यक रहेको बताइन्। उनले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

देशभरबाट अनलाइन प्रतिस्पर्धाका आधारमा छनोट भएका १६-२४ वर्ष उमेर समूहका २ सय सहभागीले भाग लिइरहेको नमूना संयुक्त राष्ट्रसंघको महासचिवको भूमिका निज्जु अवालेले निर्वाह गरिरहेकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?