+
+

राप्रपाले पनि माग्यो : सहकारीबारे संसदीय छानबिन समिति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १२:५२

२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

बुधबार प्रतनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं,’ उनले भने ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गत फागुन २४ गतेदेखि गर्दै आएको छ । सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ । पछिल्लो समयसम्म पनि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानमा कांग्रेस कायम छ ।

यही बेला राप्रपाले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?