+
+

हलिउड ब्लकबस्टर ‘जोकर २’ को ट्रेलर : यतिबेला विश्वलाई प्रेमको जरुरी छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १२:४५

काठमाडौं । हलिउड ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘जोकर : फोली ए ड्युक्स’ नाम दिइएको श्रृंखलालाई सन् २०२४ कै प्रतीक्षित हलिउड फिल्म मानिएको छ ।

ट्रेलरमा फिल्मका दुई मुख्य पात्र अपराधका क्लाउन प्रिन्स र हार्ले क्वीनले अहिलेको विश्वमा प्रेम सबैभन्दा आवश्यक रहेको बताउँछन् । फिल्मले दिन खोजेको सन्देश पनि यही हो ।

फिल्ममा अभिनेता जोकिन फिनिक्सले ओस्कार विजयी चरित्र आर्थर फ्लेक (जो पछि ब्याटम्यानको कुख्यात शत्रु बन्छ)को चरित्रलाई पुनः निर्वाह गरेका छन् । लेडी गायाले यसमा हार्ले क्वीनको भूमिका निर्वाह गरेकी छन् ।

अँध्यारो र डरलाग्दो दृश्य र रङ संयोजनसहितको ट्रेलर अर्खाम एसाइलमदेखि सुरु हुन्छ, जहाँ आर्थर फ्लेकलाई कैदमा राखिएको छ जसलाई हामीले पहिलो भागको अन्त्यमा हेरिसकेका छौं । त्यतिबेला आर्थरले अर्को विक्षिप्त बिरामी हार्ले क्वीन (तपाईंले अनुमान लगाइसक्नुभयो होला लेडी गागा)लाई भेट्छ ।

जेलका हलमा भेटेपछि उनी पागलजस्तै भएर प्रेममा डुब्छन् । उनीहरु त्यहाँ भागेर बाहिरी मुक्त संसारमा निस्कने योजना बनाउँछन् । यो घटनाले उनीहरुलाई गोथामको सडकमा ल्याउँछ, जहाँ उनीहरु दिल खोलेर नाच्छन् र सहर घुम्छन् ।

‘म कोही होइन । मैले मेरो जीवनमा तिमीले जस्तो केही गरेको छैन,’ हार्ले क्वीनले जोकरलाई भन्छिन् ।

फिल्मको पहिलो भागले जोकरको मौलिक कथा भन्छ, जहाँ मुख्य पात्र पार्ट टाइम क्लाउन र स्ट्यान्ड–अप कमेडियनको रुपमा संघर्ष गरिरहेको छ । दोस्रो श्रृंखलामा ऊ सडकमा आएर हार्ले क्वीनसँग सबै खाले प्रदर्शन गर्छ । हार्ले क्वीनले यसमा फिल्मको सिग्नेचर मेकअप लगाएकी छन् । यो सिनेम्याटिक यात्रामा जोकर एक्लो लाग्दैन ।

ट्रेलरको अन्त्यमा अर्खाम एसाइलमको सिसाको पर्खालबाट सुरु हुन्छ, जहाँ हार्ले क्वीनले म वास्तविक तिमीलाई हेर्न चाहन्छु भन्दै सिसामा लिपस्टिकले ह्याप्पी फेसको चित्र कोरेको देखिन्छ । जोकर मुस्कुराउँछ र ट्रेलर सकिन्छ ।

निर्देशक टड फिलिप्सले सिनेमा–कन्मा ट्रेलर सार्वजनिक गरेका थिए । ‘जोकर २’ अक्टोबर ४ मा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?