+
+

पक्राउबारे राजेशपायल : ‘सानो कुरालाई ठूलो बनाइयो, चारवटा भ्यान ल्याउन जरुरी थियो ?’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:५४

काठमाडौं । मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई चैत २२ गते पक्राउ परे । आइन्दा यस्तो नगर्ने शर्तमा सचेत बनाएर प्रहरीले सोही दिन छाड्यो ।

उक्त घटनापछि गायक राईलाई लिएर सामाजिक सञ्जाल व्यापक टीकाटिप्पणी भयो । कतिपयले सेलिब्रेटी भएर यस्तो हर्कत उचित नभएको टिप्पणी गरे । अन्यले सानो कुरालाई ठूलो बनाइएको बताए ।

उक्त घटनापछि राजेशपायलले पहिलोपटक प्रतिक्रिया दिएका छन् । हिमालय टेलिभिजनको टक शो ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै उनले आफूलाई पक्राउ गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

‘यहाँ त शिव भगवानले भाङ धतुरो खान्छ, गाँजासाजा खान्छ । उहाँ अहिले जीवित भएको भए त वन्यजन्तु आरक्षको बाघको छाला काढेकोमा जेल हाल्छ । भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरु । म त मान्छे हो,’ उनले भने ।

उनले राति पक्राउ गर्ने शैलीप्रति पनि आपत्ति जनाएका छन् । ‘चार-चारवटा भ्यान ल्याउनुपर्छ २ बजे हो भनेदेखि । ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि,’ उनले भने ।

आफूलाई पक्राउ गर्ने प्रहरीलाई आफूले जवाफ दिएको समेत राईले बताए । ‘मैले डीएसपी बुढाथोकी सरलाई पनि भनें– यो चीजले तपाईंहरुको फुली बढ्छजस्तो, छाती चौडा भयो त ? तपाईंको शिर झुक्दैन ? न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेशपायल राईलाई ?’

टक शो ‘अँध्यारोबाट उज्यालोतिर’ बुधबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?