+
+

वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १४:३१

२९ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन् ।

मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् । २६ चैतमा छापा मारेर जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई पक्राउ गरेको थियो । म्

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएपछि उनीहरु बिरामी भएको दाबी गर्दै अस्पताल भर्ना भएका थिए ।

हिजो बुधबार उनीहरु दुबैलाई हाजिरी जमानीमा छाडिए पनि मुद्दाको प्रक्रिया भने अघि बढिरहेको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?