+
+

यश अब ‘रामायण’का निर्माता पनि, निर्माणमा प्राइम फोकससँग सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १४:४५

काठमाडौं । भारतीय फिल्म निर्देशक नितेश तिवारीले केही दिनदेखि आफ्नो प्रतीक्षित फिल्म ‘रामायण’को छायांकन थालेका छन् । रणवीर कपुर श्रीरामको भूमिकामा देखिंदा साई पल्लवीले सीताको रोल गर्नेछिन् ।

हनुमानको भूमिकामा सन्नी देओल देखिंदा यशले लंकेशपति रावणको चरित्र निर्वाह गर्नेछन् । यसअघि यशले अभिनय गर्ने मात्र बताइएको थियो । यतिबेला भने फिल्ममा उनी निर्माताकै रुपमा जोडिएका छन् ।

भेराइटी म्यागजिनका यो फिल्मलाई विश्वव्यापी दर्शकमाझ लैजान यशको कम्पनी मोन्स्टर माइन्ड क्रिएसन र नमित मलहोत्राको कम्पनी प्राइम फोकसले सहकार्य गरेका छन् ।

यो फिल्मको निर्देशकमा धेरै कमाउने भारतीय फिल्म ‘दंगल’ फेम्ड नितेश तिवारी छन् । अभिनेता यश एक्सन फिल्म फ्रेन्चाइज केजीएफबाट चर्चामा छन् । यो फिल्मको दोस्रो श्रृंखला दोस्रो धेरै कमाउने भारतीय फिल्म हो ।

मल्होत्राको पछिल्लो फिल्म ‘फाइटर’ सन् २०२४ मा धेरै कमाउने बलिउड फिल्म हो । साथै उनी ग्लोबल भिजुएल इफेक्ट कम्पनी डीनेगका कार्यकारी अधिकृत समेत हुन् । यो कम्पनीले हलिउड फिल्म ‘ड्युन : पार्ट वान’ र ‘टिनेट’मा समेत काम गरिसकेको छ ।

असल र खराबको कथावस्तुमा आधारित हिन्दू धर्मग्रन्थ रामायणलाई लिएर भारत र थाइल्याण्डमा ६० भन्दा धेरै फिल्म र टेलिश्रृंखला बनेका छन् ।

यो फिल्मबारे मल्होत्राले भेराइटीसँग भने, ‘अमेरिका, बेलायत र भारतबीच वर्षौं बिताएपछि कुनै पनि कम्पनीको तुलनामा विगत १० वर्षमा अतुलनीय व्यावसायिक सफलता र धेरै ओस्कार जितेको फिल्म निर्माण गरेपछि मेरो व्यक्तिगत यात्राले मलाई यो बिन्दुमा पुर्‍याएको छ । म ‘रामायण’को अविश्वसनीय कथालाई उचित हेरचाह र सम्मानको साथ व्यवहार गर्दै न्याय गर्न तयार छु ।’

यशबारे उनले भने, ‘भारतीय सिनेमालाई विश्वव्यापी प्रदर्शन गर्ने फिल्म बनाउने मेरो लामो समयदेखिको आकांक्षा थियो । यसका लागि म उत्कृष्ट भीएफएक्स गर्ने कम्पनी खोज्दै लस एन्जलस गएको थिएँ । यस पछाडिको प्रमुख शक्ति मेरो भारतीय साथी थियो । भारतीय सिनेमाको दृष्टिकोणमा हामीबीच वैचारिक तालमेल मिल्यो ।’

 ‘रामायण’ को सहनिर्माणमा सहभागी भएर हामीले हाम्रो सामूहिक दृष्टिकोण र सँगै ल्याइरहेका छौं । एउटा भारतीय फिल्म निर्माण गर्ने अनुभव, जसले विश्वभरका दर्शकमा उत्साह र जोश जगाउनेछ,’ यशले भने ।

यसैबीच यश अर्को फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्राउन अप्स’ को छायांकन सुरु गर्ने तयारीमा छन् । यसलाई गीतु मोहनदासले निर्देशन गर्नेछन् भने वेंकट के नारायणको केभीएन प्रोडक्सन र यशको मोन्स्टर माइन्ड क्रिएसन्सले निर्माण गर्नेछन् । यो फिल्म ड्रग माफियामा आधारित एक्सन फिल्म रहेको बताइएको छ । फिल्म १० अप्रिल २०२५ मा रिलिज हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?