+
+

रित्तिएको गाउँको कथामा फिल्म ‘भिजिट भिसा’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते ११:२७

काठमाडौं । नयाँवर्ष २०८१ सालको अवसर पारेर शनिबार आगामी फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा भएको छ । निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले थिम पोस्टर सार्वजनिक गर्दै फेमिली-सोसल ड्रामा फिल्म बनाउने घोषणा गरेको हो ।

पोस्टरले पहाडी खोंचमा मक्किएका र जीर्ण पुरानो बस्तीको सेटिङलाई चित्रण गर्छ । कुनै समयको समृद्ध वस्ती र कुहिरोमा हराएको पहाडी भूगोल यसमा फिचर्ड गरिएको छ ।

फिल्मले त्यागिएको गाउँको कथा भन्छ । मानिस सुख र अवसर खोज्दै विदेशिएपछि कसरी गाउँ उजाडिएका छन् भन्ने कथा यसमा छ ।

तर फिल्मको टाइटलले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेश गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत दिएको छ ।

मोती विष्ट प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् । बिराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा छ ।

बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

फिल्मका लागि निर्देशक र कलाकार भने तय गरिएको छैन । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?