+
+
Shares

नयाँ वर्षमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी र सर्वसाधारणलाई मिठाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १५:२१

१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् ।

शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरे ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई साथै लिएर थापाथली पुगेका उनले प्रहरी संगठनलाई हौसला दिन र आम नागरिकलाई शुभकामना दिन नयाँ को मनोबल बढाउनका लागि नयाँ सुरुवात गरेको बताए ।

‘गृह मन्त्रालय सम्हालेको हिसाबले पनि आफ्नो परिवारसँग नयाँ वर्ष सरुवात गरौं, उहाँहरुलाई हौसला प्रदान गरौं, त्यो सँगसँगै आम नागरिक पनि हाम्रो परिवार नै हो, उहाँहरुलाई शुभकामना दिऔं भनेर गरिएको हो’, उनले भने ।

उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?