+
+

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १५:४६
कांग्रेस संसदीय दलको बैठकको फाइल तस्वीर ।

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।

संसदीय दलको कार्यसमितिमा भने संसदीय दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहनेछन् । कांग्रेसमा हाल सभापति शेरबहादुर देउवा संसदीय दलका नेता छन् भने उपनेता पनि चयन भएका छैनन् ।

संसदीय दलमा प्रदेशका सम्पूर्ण संघीय सांसदमध्येबाट एक एक जना गरी ७ जना, कम्तीमा पाँच जना महिला रहने गरी दुई जना खस आर्य, दुई आदिवासी जनाजाति,  दुई मधेशी, दुई दलित, एक थारु, एक मुस्लिम, एक पिछडिएको क्षेत्रका सदस्य गरी ११ जना निर्वाचित हुनेछन् ।

त्यस्तै भौगोलिक आधार, समावेशी प्रतिनिधित्वलगायतका आधारमा सन्तुलन मिलाएर एक तिहाइ महिला सदस्य सुनिश्चित हुने गरी संसदीय दलको नेताले पाँच जना मनोनित गर्नेछन् ।

कांग्रेसले संसदीय दलको कार्यसमितिमा निर्वाचित र मनोनित सदस्य पनि चयन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?