+
+

लखनऊलाई हराउँदै कोलकाताको चौथो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १९:२७

२ वैशाख, काठमाडौं । तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ ।

१६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे । श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे । सुनिल नारायण ६ रनमा आउट भएका थिए । लखनऊका मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए । क्विन्टन डि कक १०, लोकेश राहुल ३९, दीपक हुँडा ८, आयुश बदोनी २९ र मार्कस स्टोइनिसले १० रन बनाए ।

कोलकाताका मिचेल स्टार्कले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । वैभव आरोरा, सुनिल नारायण, बरुणचक्रवर्ती र आन्द्रे रसेलले १(१ विकेट लिए ।

कोलकाता ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थनमा छ । राजस्थान रोयल्स ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ ।

लखनऊ ६ खेलमा समान ३ मा जित र हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । आजको अर्को खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?