+

बेंगलोरमाथि कोलकाताको एक रनको रोमान्चक जित

२०८१ वैशाख  ९ गते २०:१३ २०८१ वैशाख ९ गते २०:१३
बेंगलोरमाथि कोलकाताको एक रनको रोमान्चक जित

९ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक रनको रोमान्चक जित हात पारेको छ ।

२२३ रनको लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा २२१ रनमा अल आउट भयो । बेंगलोरलाई अन्तिम ६ बलमा जित्नलाई २१ रन चाहिँएको थियो । कर्ण शर्माले पहिलो, तेस्रो र चौथो बलमा मिचेल स्टार्कलाई छक्का हानेपछि दुई बलमा तीन रन आवश्यक थियो ।

पाँचौं बलमा कर्ण शर्मा स्टार्कको बलमा कट एण्ड बोल्ड आउट भए । अन्तिम बलमा तीन रन चाहिँदा लोकी फर्गुसन दुई रन दौडिनेक्रममा विकेटकिपर फिलिप साल्टबाट रन आउट भएपछि कोलकाता विजयी भएको थियो ।

बेंगलोरका विल ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रन बनाए । रजत पाटीदारले २३ बलमा ३ चौका र ५ छक्कासहित ५२, विराट कोहली १८, फाफ डु प्लेसिस ७, क्यामरन ग्रीन ६, सूर्यश प्रभुदेशाई २४, दीनेश कार्तिक २५ र कर्ण शर्मा २० रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेलले ३, सुनिल नारायण र हर्षित रानाले २÷२ विकेट लिए । मिचेल स्टार्क र बरुणचक्रवर्तीले १÷१ विकेट लिए । त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

कोलकाताका ओपनर फिलिप साल्टले १४ बलमा ७ चौका र ३ छक्कासहित ४८ रन बनाए । कप्तान श्रेयस ऐर ५०, सुनिल नारायण १०, वेंकटेश ऐर १६ र रिंकु सिंह २४ रनमा आउट भए ।

रमनदीप सिंहले ९ बलमा २ चौका र २ छक्कासहित २४ तथा आन्द्रे रसेलले २० बलमा ४ चौकासहित २४ रन बनाए । बेंगलोरका यश दयाल र क्यामरन ग्रीनले २–२ विकेट लिए । मोहम्मद शिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

कोलकाता बेंगलोर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय