+
+

कोलकातालाई हराउँदै मछिन्द्र विराट गोल्डकपको सेमिफाइलनमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ८:१३

२१ चैत, विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनल खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम  क्वाटरफाइनल खेलमा मछिन्द्र एफसी काठमाडौंले कोलकाताको साउर्थन समिति एफसिलाई २-१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जितमा नायक बनेका विदेशी खेलाडी स्टेफन विनोङले दुवै गोल गरे । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्नेछ ।

यसअछि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ)  सेमिफाइनलमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३-२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

अन्तिम क्वाटरफाइनलमा स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी मछिन्द्रलाई अग्रता दिलाए । मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्यभागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।

कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए ।

पहिलो हाफ १-१ गोलको बराबारीमा सकियो । दोस्रो हाफदेखि मछिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५ औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए ।  सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो । त्यही गोल मछिन्द्रको जितमा निर्णायक भयो ।

खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए ।

यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए ।

सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढने बताए । सेमिफाइनलमा विमल घर्तीमगरलाई मैदानमा उतार्ने योजना रहेको उनले सुनाए । ‘विमल मैदानमा रहँदा अग्रपंक्ति थप मजदुत हुनेछ,’ उनले भने ।

हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?