+
+

नेपालसँग खेल्नुअघि हङकङ साउदी अरेबियासँग स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते २०:०१

२ वैशाख, काठमाडौं । हङकङ ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेवियासँग ५५ रनले स्तब्ध भएको छ । समूह ए मा साउदीले पहिलो जितका साथ सेमिफाइनल सम्भावनालाई कायम राखेको छ । हङकङलाई यस हारले सेमिफाइनल खेल्ने सपनामा ठूलो धक्का लागेको छ ।

२०३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १४७ रनमा अल आउट भयो । कप्तान निजाकत खानले ५१ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

ओपनर अंशुमन रथ २९, यासिम मुर्तजा ४, बाबर हायत डक, अजिज खान २ र जिशान अली १७ रनमा आउट भए । साउदीका उस्मान नजीव र जैन उल अबिदीनले ३–३ विकेट लिए । हिशाम शेखले २, ईश्ताक अहमदले १ विकेट लिए ।

त्यसअघि अलअमरेत क्रिकेट मैदान–२ मा टस जितेर पहिला ब्याटिङ रोजेको साउदीले २० ओभरमा ८ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । ओपनर अब्दुल वाहिदले ५१ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए । मनान अलीले १८ बलमा २ चौका र ४ छक्कासहित ४४, फैसल खान ३० र कप्तान हिशाम शेखले २२ रन बनाए ।

हङकङका स्पिनर एहसान खानले ३, अजिज खानले २, आयुश शुक्ला, धनन्जय रायो र रौनक कपुरले १-१ विकेट लिए । नेपाल र हङकङबीच सोमबार मध्याहन्न ११ : ४५ मा खेल हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको २-२ खेलमा २(२ अंक भएपनि नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह बी मा ओमान र युएईको सुरुवाती २ खेलमा ४-४ अंक छ । नेटरनरेटमा ओमान शीर्ष स्थानमा छ । कुवेत २ खेलमा २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै चौथो पुछारमा छन् । विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?