+
+
WC Series
विराटनगर किंग्स 2025
26/2 (3.5)
VS
९७ बलमा १४९ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य

बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १७:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।

आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।

बैंकको क्रेडिट कार्डबाहक ग्राहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकले बैंकको कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?