+
+

प्रभु केबुलकारले आईपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते ९:४२

४ वैशाख, काठमाडौं । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ ।

योग्य संस्थाले बिक्री प्रबन्धकको रूपमा कार्य गर्न निवेदन दिएपछि प्रतिस्पर्धाबाट छनोट हुनेछ । बिक्री प्रवन्धकले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउने छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको हो । बिक्री प्रबन्धकले नै कम्पनीको प्रिमियम मूल्य प्रस्ताव गर्ने छ ।

कम्पनीले तीन वटा केबुलकार परियाेजना अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केबुलकार परियाेजना सम्पन्न हुने चरणमा छ । रुपन्देही मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पा नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण अन्तिम चरणमा छ ।

अरू दुई परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?