+
+

‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट’ मा तीन जना टेक्निसियन पुरस्कृत   

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १३:४६

काठमाडौं । होन्डाले आयोजना गरेको ‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट- २०२४’ मा तीन जना  टेक्निसियन पुरस्कृत भएका छन् ।

स्किल कन्टेस्टमा प्रथम हुने एसटीसी वर्कसप टेकुका प्रलाद दाहाल, दोस्रो हुने ओम सत्यसाही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकी र तेस्रो हुने एसटीसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले पुरस्कृत भएका हुन् । स्किल कन्टेस्टमा प्रथम हुने दाहालले ५० हजार, द्वितीय हुने बुढाथोकीले ३० हजार र तृतीय हुने अर्जेलले २० हजार रुपैयाँ हात पारेका छन् । कम्पनीका अनुसार सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

होन्डाले डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ स्किल कन्टेस्ट आयोजना गरेको थियो ।

ललितपुरको ग्वार्कोस्थित होन्डाको ट्रेनिङ सेन्टरमा २८ चैतमा आयोजित कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे, स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुसर टेक्निसियनहरू होन्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्रबाट २÷२ जना छनोट गरी राष्ट्रिय  स्तरको प्रतियोगितामा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङ कम्पनिले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ ।

कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियन लगायत काठमाडौं उपत्यकाभित्रका धेरै जसो डिलरका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?